बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु, छ घाइते
महोत्तरी | जेठ ३१, २०७९
महोत्तरी ः महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा परेर टेम्पो चालक बर्दिबास नपा–३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे घाइते भएका छन् । उनीहरुको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।
गए राति बर्दिबास नपा–३ स्थित स्मृतिपार्क नजिकैबाट पाटुतर्फ जाँदै गरेको ज १ ह ३५०१ नंको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेरो पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

